हुण्डाईको नयाँ थ्रीएस सेन्टर अब जनकपुरमा

  २०७४ असोज ३० गते १७:४३     विकासन्युज

काठमाडौं । नेपालका लागि हुण्डाई गाडिको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले जनकपुर स्थित आफ्नो डिलर ओम अटोमोबाइल्सको संयोजकत्वमा नयाँ थ्रीएस सेन्टर उदघाटन गरेको छ । एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्य सहित जनकपुर र वरपरका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडिको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिेएको हो ।

थ्रीएस सेन्टरको उद्घाटन ओम अटोमोबाइल्सका अध्यक्ष वैधनाथ साह तथा लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिका डेपुटी जनरल म्यानेजर रूपेस शर्मा भट्टले संयुक्त रुपमा गरेका हुन् ।

जनकपुरको मुख्य स्थानमा स्थापना गरिएको नयाँ हुण्डाई थ्रीएस सेन्टरको सोेरुममा ५ देखि ७ वटा सम्म गाडि डिस्प्ले गरिनेछ , उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु, तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ । यसको उत्कृष्ट सर्भिस सेन्टरमा प्रति महिना ३०० वटा सम्म गाडिलाई सेवा दिने क्षमता रहनुको साथै प्रशस्त पार्किङ्ग व्यवस्था पनि छ ।

साथै, यस सेन्टरमा प्रशस्त हुण्डाई जेनुइन् पार्ट्स पनि उपलब्ध हुनेछ । हुण्डाई तालिम केन्द्रबाट विशेष तालिम प्राप्त हुण्डाई कर्मचारीहरुले यस सेन्टर मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नेछन् ।

लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले उपत्यका बाहेकका ठाउँमा पनि उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्य सहित पोखरा, नारायणघाट, बुटवल, दाङ, दमक, बिर्तामोड, जनकपुर, बिराटनगर, बनेपा, धनगढी, भैरहवा, इटहरी, नेपालगञ्ज र हेटौडा जस्ता प्रमुख शहरहरुमा १४ वटा डिलरसिप स्थापना गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.