राष्ट्र बैंकले दोस्रो त्रैमाशमा ६१ अर्ब ६१ करोड आन्तरिक ऋण उठाउँदै

  २०७४ असोज ३० गते १३:३०     विकासन्युज

काठमाडौं । कात्तिकदेखि पुससम्म आन्तरिक ऋण उठाउने नेपाल राष्ट्र बैंक नयाँ तालिका सार्वजनिक गरेको छ ।

आउदो कात्तिकदेखि पुससम्म ६१ अर्ब ६१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । राष्ट्र बैंकले सरकारको विकास योजना सञ्चालनका लागि विभिन्न वित्तीय उपकरण परिचालन गरेर आन्तरिक ऋण उठाउने गरेको छ ।

दोस्रो त्रैमाशमा उठाउन लागेको रकम कुल आन्तरिक ऋण निष्कासनको ४२.४९ प्रतिशत हो । चालु आर्थिक वर्ष १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने सरकारको तयारी छ ।

राष्ट्र बैंककाअनुसार दोस्रो त्रैमाशमा ट्रेजरी बिल्स उपकरणबाट २७ अर्ब २१ करोड, विकास ऋणपत्र ३२ अर्ब, ५ वर्षे नागरिक वचतपत्र २ अर्ब र वैदेशिक रोजगार वचतपत्रबाट ५० करोड रुपैयाँ ऋणपत्र निष्कासन गर्ने भएको छ ।
यस्तै चालु आवको पहिलो त्रैमाश साउनदेखि असोजसम्म ५७ अर्ब ५४ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने योजना सार्वजनिक गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.