माछापुच्छ्रे बैंकको १ लाख ६० हजार कित्ता सेयर लिलामीमा

  २०७४ असोज २७ गते १०:००     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको १ लाख ६० हजार ७४२ कित्ता सेयर लिलामीमा राखिएको छ । बैंकको संस्थापक सेयर २० हजार २ कित्ता र सर्बसाधारण समूहको १ लाख ४० हजार ७४० कित्ता सेयर बढाबढ मूल्यमा बिक्रीमा राखिएको हो।

बैंकले गत साउन ५ देखि भदौं ७ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरका लागि आवेदन नपरेको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । उक्त सेयर लिन कात्तिक ५ देखि १३ गतेसम्म आवेदन गर्न सकिने बैंककोसेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.