राष्ट्र बैंकले बुधबार बजारबाट फेरी ५ अर्ब उठाउँदै

  २०७४ असोज २४ गते १३:०५     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ५ अर्ब रुपैयाँ उठाउने भएको छ ।

राष्ट्र बैंकले बुधबार बोलकबोलबाट बैंकिङ प्रणालीमा बढी भएको रकम ३० दिने निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा उठाउन लागेको हो । हाल बैंकिङ प्रणालीमा ४२ अर्ब रुपैयाँ हारहारीमा तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ ।

ब्याज दर बोलकबोलबाट निर्धारण गर्ने राष्ट्र बैंकले जनाएको छ । निक्षेपको सावाँ र ब्याज भुक्तानी कात्तिक २४ गते हुने छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने विभिन्न वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । यसअघि राष्ट्र बैंकले ३ पटक गरी ११ अर्ब रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ ।

महिनाको अवधिमा बैंकिङ प्रणालीमा तरलता ४० प्रतिशत घटेको छ ।बैंकिङ प्रणालीमा हाल ४२ अर्ब रुपैयाँ मात्र तरलता रहेको छ । गत भदौ २९ गते ७० अर्ब रुपैयाँ बढी तरलता थियो । झण्डै एक महिनाको अवधिमा २८ अर्ब रुपैयाँ घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.