खाडी मुलुकको यो कम्पनीमा ९० प्रतिशत महिला कामदार, महिला सशक्तीकरणको नौलो अभ्यास

  २०७४ असोज २२ गते १३:१५     सिएनएन

दुबई । नुर अल हस्सन टार्जामा नामको ट्रान्स्लेसन सेवा कम्पनी चलाउँछिन् । अरब मूलकभित्र सो कम्पनीमा चार सय कामदारलाई फुल टाइम र पार्ट टाइम रोजगारी दिइरहेको छ । र ती मध्ये ९० प्रतिशत महिला छन् ।

टार्जामाले महिलालाई घर बसी बसी अन्य प्रतिबद्धतासहित ल्यापटपमा मन लागेको सिफ्ट अनुसार काम गर्ने वातावरण दिएको छ । ‘हामीसँग काम गर्ने अधिकांश महिला बच्चाका आमा छन्, ‘अल हसनले भनिन्, ‘उनीहरु ९-१० बजेसम्म अफिस आएर काम गर्न भ्याउदैनन् ।’

विश्व बैंकको सन् २०१६को तथ्यांक अनुसार मध्यपूर्वी क्षेत्रमा २२ प्रतिशत भन्दा कम संख्याका महिला मात्र रोजगारीमा आबद्ध छन् । यो विश्वकै सर्वाधिक कम आकडाँ मानिन्छ ।

विशेषगरी अल हस्सनको माइतीदेश जोर्डनमा यो समस्या छ । उच्च साक्षरताका बावजुद यहाँ १४ प्रतिशत महिलामात्र काम गर्छन् । उनको यो कामले महिलालाई भाषा पढ्नका लागि हौसाएको छ । जोर्डनमा मात्रै उनले ६० महिलालाई सम्पादकिय र अनुवादका लागि काम दिएकी छिन् । यसको अर्थ उनले पुरुषलाई रोजगारी नदिने भन्ने चाँही होइन । उनले भनिन्,’ हामी समानता ल्याउन खोज्दैछौं… यो स्वस्थकर छ ।’

कठिन संघर्ष

टार्जामाले साउदी अरबीया र युनाइटेड अरब इमिरेट्स (युएइ)मा महिलाका लागि रोजगारोन्मुख विशेष तालिम सञ्चालन गरिरहेको छ । यसले तलबी इन्टर्नसिपको पनि व्यवस्था गरेको छ । यद्दपी पितृसत्तात्मक बाहुल्यता रहेको यो क्षेत्रमा महिलालाई रोजगारी दिनु कठिनपूर्ण छ ।


हस्सनले भनिन्, ‘यो विल्कुलै परम्परागत कुरा हो । बढीजसो जागिर पूरुषलाई दिइन्छ । प्रसुती विदा तथा विभिन्न समस्याका कारण महिलाभन्दा पुरुषालाई नै रोजगारीका लागि छानिन्छ ।’

परिवारका पुरुष सदस्यपनि सबै बुझकी हुदैनन् । केहि महिला स्टाफले आफ्नो पतीबाट समेत ल्यापटप लुकाएर काम गरिरहेको उनले बताइन् । युएइमा ४२ प्रतिशत महिला रोजगार छन्, जबकी विश्वको औषत तथ्यांक ४९ प्रतिशत मात्र छ ।

अल हस्सनले भनिन्, ‘महिला सशक्तीकरणका पक्षमा युएइमा हाम्रो नेतृत्व बेजोड छ। तपाईं महिला र इच्छुक हुनुहुन्छ भने तपाईंले राम्रो अवसर पाउनुहुनेछ ।’

युएइले आगामी २०२१ सम्ममा संयूक्त राष्ट्र संघको विश्वका लैङ्गीक समानता भएका टप २५ मुलुकहरुको सूचीमा सहभागी हुने लक्ष्य राखेको छ । (अहिले ४२ औं अंकमा छ ।)

गत महिना यसले श्रमिकले काम गर्ने वातावरणमा कसरी अघि बढ्ने, काम-जिवन सन्तुलन, प्रसुती विदा जस्ता विभिन्न विषयमा छापेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.