कन्काई विकास बैंकको साढे पाँच लाख कित्ता सेयर लिलामीमा

  २०७४ असोज २२ गते १०:३८     विकासन्युज

काठमाडौं । कन्काई विकास बैंकले साढे पाँच लाख कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । बैंकले बिक्रि नभएको हकप्रद सेयर वापतको सेयर लिलामीमा बेच्न लागेको हो ।

कन्काईको हकप्रद सेयर संस्थापक तर्फ ३ लाख ८१ हजार ६ सय ५० कित्ता र साधारण तर्फ १ लाख ६८ हजार २ सय ८७ कित्ता गरि कुल ५ लाख ४९ हजार ९ सय ३७ कित्ता बिक्रि भएको थिएन् । सोही सेयरलाई न्युनतम एक सय रुपैंयाँको मूल्यमा बोल कबोल गरेर खरिद गर्न सकिने सूचना बैंकले प्रकाशित गरेको हो ।

सिद्धार्थ क्यापिटलबाट कात्तिक १० गतेभित्र कन्काईको सेयर खरिद गर्न सकिनेछ । न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.