२० रुपैयाँ नोटमा गम्भीर त्रुटी, राष्ट्र बैंक भन्छ-थाहा छैन

  २०७४ असोज २० गते ११:५६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका बेला निश्कासन गरेको २० रुपैयाँ दरको नयाँ नोटमा गम्भीर त्रुटी (बलण्डर) देखिएको छ ।

राष्ट्र बैंकले ०७२ सालमा छापेको तर गत दशैंमा निश्कासन गरेको २० रुपैयाँ दरको नयाँ नोटमा रुपैयाँ बीस दीर्घ लेखिनु पर्नेमा ह्रस्व अर्थात रुपैयाँ बिस लेखिएको छ ।

नयाँ नोटमा गभर्नर डा. चीरन्जीवि नेपालको हस्ताक्षर छ । यसअघि तत्कालिन गभर्नर डा. युवराज खतिवडाले हस्ताक्षर गरेको २० रुपैयाँ दरको नोटमा रुपैयाँ बीस दीर्घ लेखिएको छ ।

राष्ट्र बैंक नोट विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले २० रुपैयाँ नोटमा त्रुटी भएको बारे अनविज्ञता प्रकट गरे । उनले आफुले बुझेर मात्र जानकारी दिने बताए ।

पुर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री गम्भीर त्रुटी भएको बताउछन् । “नोटको डिजाइन गर्ने बेलामा भाषाविद् पनि राखिएको हुन्छ” उनले भने “कसका कारण त्रुटी हुन गयो यसको अनुसन्धान हुनुपर्छ । नोटमा गल्ती लेख्न पाइँदैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.