कम्पनीको क्षमता बढाउन फोर्डको नयाँ रणनीति, १४ अर्ब डलर खर्च कटौती गर्ने

  २०७४ असोज २० गते ७:१०     विकासन्युज

बिबिसी, न्युयोर्क । अमेरिकाको बहुराष्ट्रिय गाडी निर्माण कम्पनी फोर्ड मोटर्सले खर्च कटौती गरेर कम्पनीको क्षमता विस्तार गर्ने भएको छ । फोर्डका सञ्चालक जीम ह्याकेटले कम्पनीलाई अझ बढी प्रतिस्पर्धी बनाउन १४ अर्ब डलर खर्च कटौतीको योजना सार्वजनिक गरेका छन् ।

उनले खर्च कटौती गरेर कम्पनीको क्षमतामा विस्तार गर्ने बताएका छन् । विभिन्न स्वचालीत उत्पादनको प्रकृयामा यो रकम बराबरको खर्च कटौती हुने उनले जानकारी दिएका छन् ।

ह्याकेटका अनुसार परम्परागत कारलाई एसयुभी’एस तथा ट्रक सेग्मेन्टका गाडीले विस्थापित गर्नेछ । विद्युुतीय उर्जा तथा प्राविधिक सेवाका क्षेत्रमा लगानी गर्न सकिने उनले जानकारी दिएका छन् ।

ह्याकेटले १०० दिनको समिक्षापछि यस्तो निश्कर्ष निकालेका हुन् । उनी गत मेमा मार्क फिल्डलाई विस्थापन गरी प्रमुख कार्यकारीको जिम्मेबारी लिएका हुन् । जसको तीन वर्षको कार्यकाल अत्यन्तै राम्रो थियो ।

त्यो समयमा कम्पनीहरु २ वर्षसम्म धेरै नै फाइदामा गएको इतिहास छ, तर सेयर मुल्य भने धरै घटेको थियो ।

अन्य कम्पनीका तुलनामा फोर्डले गति लिन नसकेकोमा लगानीकर्ताको भनाई छ । कम्पनीले प्रतिष्पर्धामा आउन स्वचालित कारमा लगानी गर्नुपर्ने देखिएको उनको ठहर छ ।‘हामीले प्रविधि सम्बन्धी कम्पनी नियालिरहेका छौं । हामी आफ्नो तर्फबाट कम्पनीका लागि आवश्यकता अनुसार अनुभवहरुको सदुपयोग गर्न तत्पर छौं’, ह्याकेटले भने ।

गत मंगलबार न्यू्योर्कमा लगानीकर्तासँगको बैठकमा बोल्दै उनले कम्पनीलाई विभिन्न बाधा अड्चनबाट सुरक्षित राख्न दुरुस्त राख्न आवश्यक रहेको बताएका छन् । कम्पनीको उत्पादन प्रकृयालाई सहज र स्वचालित ढंगले अघि बढाउने र एसयुभी तथा ट्रक जस्ता सफल उत्पादनमा ७ अर्ब डलर लगानी गर्ने उनले सुनाए ।

फोर्डले परम्परागत कारलाई छोडेर पिकअप र एसयुभिमा जोड दिने भएको हो । यसले आफ्ना गाडीलाई प्रविधीमैत्री बनाउने रणनीति तयार पारेको छ । ‘बिल्ट विथ कनेक्टीभीटी’ अवधारणा अनुसार फोर्डले यसका ९० प्रतिशत गाडीलाई सन् २०२० सम्ममा बिक्री गर्ने योजना बनाएको छ ।
कारमा भएको सहज सुविधाले उपभोक्ताको ब्राण्डसँगको आकर्षण बढाउने कम्पनीको दाबी छ ।

आगामी दिनमा कम्पनीले नयाँ किसिमका व्यवसायसँग सम्बन्धित गाडीहरुमा लगानी गर्नेछ ।
कम्पनीले वर्षको अन्ततिर उत्पादन विस्तार गर्ने उद्देश्यले प्यासेन्जर सेग्मेन्टका गाडीहरु सञ्चालनमा ल्याएको थियो ।

यसले भारत, चीन लगायतका मुलुकमा पनि साझेदारी गरिरहेको छ । यद्यपी ब्रेक्जीट र पाउण्डमा आएको गिरावटका कारण युरोपमा सञ्चालन गर्नका लागि भने कम्पनी अझै सशंकित देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.