भौतिकशास्त्रतर्फको नोवेल पुरस्कार तीन जनालाई

  २०७४ असोज १९ गते १३:१३     विकासन्युज

स्वीडेन । सन् २०१७को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिकत्रय रेनर विस, बारी सि बारिस र किप एस थोर्नलाई दिइने घोषणा ‘रोयल एकेडेमी अफ साइन्सेस इन स्टकहोम’ले गरेकोे छ ।

म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका विसले आधा पुरस्कार र क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका बारिस र थोर्नले अर्को आधा पुरस्कार संयुक्त रूपमा दिइएको नोबेल पुरस्कारको भौतिकशास्त्रतर्फ निर्णायक समितिले जनाएको छ ।

पुरस्कार गुरुत्वाकर्षण तरङ्गसम्वन्धि अध्ययन गर्ने लेजर इन्टरफेरोमिटर ग्राभिटेसनल–वेभ अब्जरभेटरी (लिगो) डिटेक्टर नामक उपकरण निर्माणका लागि निर्णायक भूमिका खेलेवापत प्रदान गरिएको हो ।

उनीहरूको विश्वास गरिँदै आएको गुरुत्वाकर्षण तरङ्गलाई पहिलो पटक पत्ता लगाउन गरेको भूमिकाका लागि पुरस्कार दिइएको हो ।

“यससँगै अहिलेसम्म पहिचान नभएको संसारलाई पत्ता लगाउन बाटो खुलेको छ । यो गुरुत्वाकर्षण तरङ्गसम्वन्धि खगोलशास्त्रमा नयाँ बिहानी मानिएको छ,” पुरस्कार चयन समितिका एक सदस्य ओल्गा बोटनरले जनाए।

पुरस्कार घोषणापछि गरिएको टेलिफोन वार्तामा विसले भने, पुरस्कार प्राप्त गर्दा आफूलाई आनन्दको अनुभूति भएको बताए । उनले गुरुत्वाकर्षण तरङ्गलाई लिएर योगदान दशकौदेखि योगदान गर्नुहुने वैज्ञानिकहरूको प्रशंसा गरेका छन् ।

विसले थपे, “साच्चै म साहै्र प्रफुल्ल छु । यो अचम्मको अनुभव हो ।” यससँगै संसार बुझ्नका लागि नयाँ वैज्ञानिक बाटो तय भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.