सिटिजन्स बैंकको १६.८५ प्रतिशत लाभांश पारित, संचालकमा दुई जना निर्वाचित

  २०७४ असोज ९ गते १५:५७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सेयरधनीलाई १६.८५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न बैंकको ११औँ वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

बैंकले चुक्ता पुँजीको १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८५ प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश वितरण गर्ने भएको छ । अर्थात् बैंकले १ अर्ब १० करोड रुपैयाँ बोनस र ५ करोड ८२ लाख रुपैयाँ नगद लाभांश दिने निर्णयलाई कम्पनीको साधारण सभाले पारित गरेको छ ।

हाल बैकको चुक्ता पुँजी ६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । प्रस्तावित १६ प्रतिशत बोनस शेयर वितरण पश्चात् बैंकको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ कायम रहने छ ।

उक्त साधारणसभाबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्की सर्वसाधारणको तर्फबाट संचालक समितिको सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.