मासिक ०.९% मा ब्याजमा घर कर्जा, घर र गाडीको दुबै कर्जा अवधि २५ वर्षसम्म हुने

  २०७४ असोज ९ गते १०:४८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले ‘एन आई सी एशिया बैंकको दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’ नामको विशेष योजना आफ्ना ग्राहकहरु सामु ल्याएको जनाएको छ । यस योजना अन्तरगतर बैंकले ०.९ प्रतिशत प्रति महिनाको ब्याजदरमा घरकर्जा उपलब्ध गराउने भएको छ । २ वर्षसम्म ब्याजदरमा समेत परिवर्तन नगरिन बैंकले जनाएको छ । यो कर्जाको अवधि २५ वर्षसम्म रहेको छ ।

बैंकका अनुसार यो योजना अन्तर्गत घर कर्जा लिंदा व्याजदर बाहेक प्रोसेसिङ, अग्रिम भुक्तानी, धितो मूल्यांकन, बीमा वा कर्जा सुचना लगायतका कुनै पनि दस्तुर/शुल्क लाग्ने छैन । ग्राहकहरुले सम्पूर्ण कागजातहरु पेश गरेको ३ कार्य दिन भित्रै घरकर्जा सम्बन्धि निर्णय भैसक्ने बैंकले जनाएको छ।

साथै, नयाँ घर निर्माण गर्न, घर वा जग्गा खरीद गर्न वा अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा स्वाप गर्न समेत उक्त कर्जा उपलब्ध हुने बैंकले जनाएको छ ।  यो योजनामा किस्ता वा ब्याजमात्र भुक्तानी गर्ने सुविधा सहित ग्राहकहरुको रुची र आवश्यकता अनुसार टर्म लोन, ओभर ड्राफ्ट कर्जा प्रदान गर्नेछ ।

यस बैंकबाट घर कर्जा र सवारी साधनकर्जा दुवै उपभोग गर्ने ग्राहकहरुको हकमा घर कर्जाकै अवधि अर्थात २५ वर्षसम्म सवारीसाधन कर्जा उपभोग गर्ने मिल्ने व्यवस्था मिलाईएको बैंकले जनाएको छ । यस बाहेक पनि सवारी साधनकर्जाको लागि मात्र आवेदन दिने ग्राहकहरुलाई समेत कुनै पनि शुल्क÷दस्तुर नलिई सवारी साधनकर्जा उपलब्ध गराइने छ ।

उपरोक्त उल्लेखित प्रकारको उत्कृष्ट र सर्वाधिक ग्राहकमैत्री विशेषताहरु भएको होम लोन सुविधा एन आई सी एशिया बैंकले नेपालमा पहिला पटक ल्याएको र यस्तो सुविधा अरु कुनै पनि बैंकमा नभएको बैंकको निमित्त प्रमुख कर्याकारी अधिकृत रोशन कुमार न्यौपाने जानकारी दिए ।

उपयुक्त गासँ, बास र कपासको व्यवस्था गर्ने कार्य कुनै पनि नागरिकको पहिलो प्राथमिकताको विषय हुन्छ । सोही विषयलाई मध्यनजर गर्दै यस एन आई सी एशिया बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठको पावन अवसर पारेर नेपालमै पहिलो पटक अत्यन्त सुलभ रुपमा घर तथा जग्गा खरीद गर्ने वा घर निर्माण गर्ने सपना साकार पार्न ठोस टेवा पु¥याउने उद्देश्यले आफ्ना ग्राहकहरुका लागि घर कर्जा सम्बन्धी विशेष योजना ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.