नेपाल कम्युनिटी डेभलपमेन्टको १२० प्रतिशत हकप्रद सेयर असोज २६ देखि

  २०७४ असोज ८ गते ८:५८     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १२० प्रतिशत हकप्रद सेयर असोज २६ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले चुक्ता पुँजी पुर्याउने योजना अनुसार प्रति एक कित्ता बराबर १.२ कित्ताको अनुपातमा २६ लाख ४३ हजार ५ सय ३८ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

लगानी कर्ताहरुले कात्तिक २९ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । बैंकले एनआइबिएल क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शाखा, एनआइबिएल क्यापिटल र नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरास्थित चिप्लेढुंगा शाखा, बिराटनगर, बिरगञ्ज, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट हकप्रद सेयर भर्न सकिने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.