गण्डकी विकास बैंककोे शाखा थप ३ स्थानमा विस्तार

  २०७४ असोज ७ गते १४:४९     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैक लिमिटेडले पोखरा लेखनाथ महानगरपालिका स्थित चाउथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र वैकका कार्यकारी निर्देशक तथा प्रवक्ता नारायण प्रसाद पौडेलले गरेका छ ।

सो अवसरमा कार्यकारी निर्देशक तथा प्रवक्ता नारायण प्रसाद पौडेलले गण्डकी विकास बैक एक सवल र सक्षम विकास बैंक भएको र उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा प्रशंशा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय पहुच नपुगेका ग्रामिण क्षेत्रमा पनि शाखा विस्तार गर्न सुझाव दिए ।

बंैकका अध्यक्ष जगन वहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैकको गतिविधी र भावी कार्यक्रमबारे जानकारी दिएका छन् । उक्त कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका वडा नं १४ का अध्यक्ष प्रेम वहादुर कार्की, नेपाल उद्योग वाणिज्य महासघंका पूर्व अध्यक्ष आनन्दरराज मूल्मी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए ।

साथै यस बैंकले असोज ०६ गतेदेखि काठमाडौंको सामाखुसी र रुपन्देहीको अमुवा शाखावाट कारोवार शुभारम्भ गरेको छ । उल्लेखित शाखा सहित बंैकको ५५ वटा शाखा कार्यालय भएका छन् ।

यस बैंकले असार मसान्तसम्ममा निक्षेप रु. १८ अर्ब ३३ करोड , कर्जा रु.१६ अर्ब ५१ करोड परिचालन गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्यले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.