एनसीसी बैंकको नयाँ शाखा भक्तपुरको सूर्यविनायकमा, अर्को शाखा खोल्ने तयारी

  २०७४ असोज ६ गते १८:०८     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी)ले शुक्रवार भक्तपुरको सूर्यविनायकमा शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष के.पि. अवाल तथा अतिथि भक्तपुर नगरपालिका, वडा नं. ४ का वडा अध्यक्ष कुमार चौवालले एनसीसी बैंकको शाखा सूर्यविनायकमा संचालन भएकोले यहाँका व्यापारी, व्यवसायी तथा सर्वसाधारणलाई सहयोग पुग्ने अपेक्षा गरेका छन् । साथै, कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले सूर्यविनायकमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यापार व्यवसायमा टेवा पुर्याउने उद्देश्यले बैंकको शाखा संचालन गरिएको जानकारी गराए ।

साथै, आगामी असोज ८ गते आइतवार काठमाण्डौंको रामहिटी, सिमलटारमा अर्को शाखाको उद्घाटन गर्ने कार्यक्रम रहेको समेत बैंकले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.