भीसाकार्डबाट भुक्तानी गर्दा १० प्रतिशत नगद फिर्ता

  २०७४ असोज ४ गते १९:३४     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले भीसाकार्ड वहाकलाई एटीएमबाट पैसा नझिकी बिक्री केन्द्रबाट भुक्तानी गर्दा १० प्रतिशत नगद फिर्ता योजना ल्याएको छ ।

चाडपर्वलाई लक्षित गरी नेपाल इन्भेष्टमेन्ट बैंक तथा भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी यस्तो सहुलियत ल्याएको हो ।

यस योजनाअन्तर्गत भिसा कार्डबाहकहरुले आफ्नो आन्तरिक भिसा डेविट वा क्रेडिट कार्ड नेपाल भित्रका विभिन्न रेष्टुरेन्ट तथा बिक्रिकेन्द्रबाट सामानखरिद गर्दा सम्पूर्ण खरिद मूल्यको १० प्रतित नगद आफ्नो खातामा फिर्ता पाउँने छन् ।

यस योजनाबाट लाभान्वित हुन कार्डबाट कारोबार गर्दा एक पटकमा कम्तीमा ५ सय रुपैयाँसम्मको सामान खरिद गर्नु पर्ने बैंकले जनाउको छ । कार्डबाहकले प्रत्येक दिन १ हजार रुपैयाँसम्म मात्र नगद फिर्ता पाउनेछन् ।

यस योजनाबाट सेन्चुरी बंैक, ग्लोबल आइएमई बैंक., कुमारी बैंक ,महालक्ष्मी विकास बैंक., मेगा बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक., सानिमा बैंक. र टुरिजम डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताहरु लावान्वित हुन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.