महंगो सेयर मूल्य भएका राष्ट्रिय बीमाको ५ र नागरिक लगानी कोषको २ वर्षदेखि लेखापरीक्षण हुन बाँकी

  २०७४ असोज ४ गते ८:५५     विकासन्युज

काठमाडौं । महंगो मूल्य भएका दुई सुचिकृत संस्थाले ५ वर्षदेखि लेखापरीक्षण नगराएको पाइएको छ । सरकार स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड र नागरिक लगानी कोषले लेखापरीक्षण नगराएका हुन् ।

राष्ट्रिय बीमाको सेयर मूल्य प्रतिकित्ता १५ हजार ६८० रुपैया छ । यस्तै कोषको सेयर मूल्य प्रतिकित्ता ३ हजार ६५९ रुपैयाँ छ । दुबै संस्थालाई लेखापरीक्षण छिटो सक्न महालेखा परीक्षकको कार्यलयले निर्देशन दिएको छ ।

महालेखा परीक्षक टंकमणि शर्माले भदौसम्म लेखापरीक्षण नसके अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा विवरण पुर्याउने भनेपछि दुबै संस्थाले बल्लतल्ल लेखापरीक्षण सुरु गर्न लागेका हुन् ।

राष्ट्रिय बीमाले आर्थिक वर्ष ०६६/०६७ देखि ०६८/०६९ सालसम्म प्रारम्भीक लेखापरीक्षण प्रतिवेदनको जवाफ दिन बाँकी छ । आव ०६९/०७० देखिको लेखापरीक्षण गर्न बाँकी रहेको महालेखाका निर्देशक तथा सहायक प्रवत्ता अशोककुमार कार्कीले बताए । उनका अनुसार राष्ट्रिय बीमाको चाँडै लेखापरीक्षण सक्ने कार्ययोजना तयार पारेको छ ।

स्तै कोषले २ वर्षको लेखापरीक्षण गर्न बाँकी छ । कोषले आव ०७२÷०७३ को वित्तीय विवरण तयार भई लेखापरीक्षणको प्रारम्भीक प्रतिवेन प्राप्त हुन बाँकी रहेको कार्कीको भनाइ छ । बाँकी अवधिका लागि लेखापरीक्षण गर्न महालेखाले कर्मचारी खटाएको उनको भनाई छ ।

महालेखाले लामो समयदेखि लेखापरीक्षण नगरेका सार्वजनिक संस्थानमा कर्मचारी खटाएर लेखापरीक्षणको काम थालेको छ ।
यस्तै राष्ट्रिय बीमा संस्थानको ०६८/०६९ सालसम्मको लेखापरीक्षण सम्पन्न भई त्यसपछिको वर्षको लेखापरीक्षणका लागि परीक्षक नियुक्त भएको छ । लेखापरीक्षण नगरी संस्थानले प्रति हजार वार्षिक ६५ रुपैयाँ बोनस घोषणा गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.