गोविन्दप्रसाद श्रेष्ठद्धारा एनआरएनए एसिया संयोजकमा उम्मेदवारी घोषणा

  २०७४ असोज ३ गते १२:४४     विकासन्युज

जापान । गैरआवासीय नेपाली संघको यही असोज २८ देखि ३१ गतेसम्म काठमाडौँमा हुने अधिवेशनका लागि धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ । सोहि क्रममा एनआरएनए अभियानको सुरुवातसँगै यस अभियानमा प्रवेश गरि एनआरएन जापानको सदस्य, उपाध्यक्ष, आइसिसि सदस्य हुँदै दुई पटक एसिया प्यासिफिक सहसंयोजक पदमा रहि आफ्नो जिम्मेवारी अत्यन्त कुशलतापुर्वक निर्वाह गरेका गोविन्दप्रसाद श्रेष्ठ(रोविन्द्र)ले आगामी २०१७–२०१९ को कार्यकालका लागि एसिया प्यासिफिक संयोजकमा सोमबार उम्मेदवारी घोषणा गरेका छन् ।

श्रेष्ठले संयोजकमा उठ्ने घोषणासँगै एशियाका प्रतिनिधिहरूलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

श्रेष्ठले एनआरएन जापानको सदस्य, उपाध्यक्ष, आइसिसि सदस्य हुँदै एसिया प्यासिफिकको सहसंयोजक समेत रहि काम गरिसकेकाले स्वभाविक रुपमा संयोजकको दावेदार रहेको बताए । एसिया प्यासिफिक ‘सहसंयोजक भएर मैले एनआरएनएमा जे जति गरें त्यो सबैको सामुन्ने छर्लङ्ग छ, अब म अहिले भन्दा बढी जिम्मेवारी लिन चाहन्छु त्यसैले एसिया प्रशान्त क्षेत्रको संयोजकको उम्मेदवार घोषणा गरेको हुँ’, श्रेष्ठले भने, ‘यसपटक पनि गैर आवासिय नेपालीहरुबाट पहिलेजस्तै सहयोगको अपेक्षा राखेको छु ।’

सात वर्ष हङकङमा बसेर अहिले जापानमा रेष्टुरेण्ट लगायतका व्यावसाय गरिरहेका श्रेष्ठले आफु एनआरएन अभियानमा केहि लिनलाई नभई दिनलाई आएको बताए । श्रेष्ठले आगामी दिनमा थप शसक्त ढंगमा एनआरएन अभियानमा आफूलाई समाहित गराउन नै एसिया संयोजकमा उम्मेदवारी दिएको बताएका छन् । ‘प्रवासमा आर्जन गरेको सीप र पूँजीलाई एनआरएन अभियान मार्फत देशमा लगानी गर्न र गराउन म अगाडि आएको छुु’ श्रेष्ठले भने ।

जापानमा बसेर व्यापारमा प्रभुत्व जमाउन सफल श्रेष्ठले एसियाका सबै क्षेत्रसँग छलफल गरेर उम्मेदवारी दिएको बताउँछन् । श्रेष्ठ कुरामा भन्दा काममा विश्वाश राख्ने गर्दछन् । एसिया प्यासिफिक समेलनमा उनको प्रस्तुति जहिलेपनि तारिफयोग्य रहेको छ । श्रेष्ठ समाजसेवीको रुपमा समेत परिचित छन् । सबैलाई समेट्न सक्ने नेतृत्वदायी भूमिका र मिलनसार व्यवहारले उनि गैरआवासीय नेपालीहरुको रुचिमा पर्दछन् ।

विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहद विभिन्न क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेका बिगतको भुकम्पमा होस् वा नाकाबन्दि, या लाप्राक नमुना बस्ती निर्माण देखि एनआरएन बिल्डिङ निर्माणमा समेत श्रेष्ठले विभिन्न प्रकारका सहयोग गर्दै आएका छन् । उनले विश्वमा रहेका गैरआवासिय नेपालीहरुलाई एकतावद्ध बनाई अगाडि बढ्नका लागि आफ्नो उम्मेदवारी आजको आवश्यकता रहेको बताएका छन् । नेपाली हरू आ–आफ्ना बिभिन्न समस्याले बिदेशिए पनि नेपालको माया अति नै रहेको श्रेष्ठको प्रतिकृया छ ।

श्रेष्ठ बिदेसिने सिलसिलामा हङकङलाई कर्म थलो बनाई लामो समय सम्म हङकङ मा ६ बर्ष बिताएका थिए । त्यसैले हङकङ बासीले गोबिन्द प्रसाद श्रेष्ठ (रोबिन्द) लाई हङकङ बासी नै भन्न रूचाउछन् ! श्रेष्ठ फेरी ब्यापार कै सिलसिलामा जापान लाई दोस्रो कर्मथलो बनाउन पुगे अहिले जापानमा सफल ब्याबसायीका रूपमा चिनिन्छन् । उनी नरम र मिजासीला स्वाभाबका छन् । ईमान्दारी र मेहनत ले मात्र सफल हुन सकिन्छ भन्ने धारणा राख्ने श्रेष्ठ कुरा मा भन्दा काममा बिश्वास राख्छन् ! हङकङ मा राम्रो छबी बनाएका श्रेष्ठ जापानमा पनि त्यति नै लोकप्रिय छन् ।

जापानमा एन आर एन को १ केन्द्रीय समिति र १३ क्षेत्रिय समिति छन् । केन्द्र र क्षेत्र लाई सधै आर्थिक भौतिक र नैतिक सहयोग र सहकार्य गर्दै अगाडी बढ्ने उनले प्रतिवद्धता जाहेर गरेका छन् । उम्मेदवारी घोषणाका क्रममा श्रेष्ठले भने– ‘एनआरएन भित्रका हरेक प्रकारका विभेदलाई अन्त्य गर्दै समानता र अपनत्वका लागि साझा एनआरएनए मैत्री बातावरण बनाउन सहयोग गर्ने छु ।’

गोविन्दप्रसाद श्रेष्ठद्धारा जारी प्रतिवद्धता पत्र

१. गैर आवासिय नेपालीहरु रहेका बिभिन्न देशमा भएको आन्तरिक विवादलाई न्यायपूर्णरूपमा सावधान गर्ने ।

२. बैदेशिक रोजगारको आपत्कालिन कोष लाई ससक्त बनाउने र बिमाको लागी पहल गर्दै वैदेशिक रोजगारीका लागि मलेसिया लगायतका मुलुकमा पुगेका नेपाली दाजुभाई, दिदीबहिनीका हक हितका लागि विशेष पहल गर्ने ।

३. नेपालमा एनआरएनका साथीहरुबाट सामुहिक लगानी गर्न प्रेरित गर्ने तथा बिदेसिहरुबाट समेत लगानी भित्र्याउन पहल गर्ने ।

४. नेपालका विभिन्न पर्यटकीय क्षेत्र, भाषा, संस्कृतिको प्रचार प्रचार गरी नेपालमा पर्यटन प्रवर्धन गर्न पहल गर्ने ।

५. वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका कामदारहरुमा बिभिन्न समस्याले डिप्रेशन भई आत्मा हत्या गर्ने प्रवृति बढ्दै गइरहेकोमा उनीहरुलाई आवश्यक काउन्सिलिङ गरि काम गर्न प्रेरित गर्ने ।

६. नेपालको इज्जत र प्रतिष्ठामा आँच पुग्ने कुनैपनि कुरामा सम्झौता नगर्ने र नेपालको शिर ठाडो पार्ने काम गरी अधि बढ्ने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.