बैंकिङ प्रणालीमा तरलता बढ्यो, बजारबाट ५ अर्ब उठाउँदै राष्ट्र बैंक

  २०७४ असोज २ गते १६:५१     विकासन्युज

काठमाडौं । बजारमा लगानीयोग्य पुँजी तरलता भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट पैसा उठाउन थालेको छ ।

बैंकले रिभर्स रिपोमार्फत प्रतिस्पर्धाबाट एक साताका लागि बुधबार ५ अर्ब रुपैया तरलता प्रशोचन गर्न लागेको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता भएपछि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थासंग भएको रकम प्रशोचन सुरु गरेको हो ।

गत साता राष्ट्र बैंकले १ अर्ब रुपैयाँ तरतला प्रशोचन गरेको थियो । बजारमा अझै ७० अर्ब रुपैयाँ बढी तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि निक्षेपको ब्याज दर पनि घट्न थालेको छ । बैंकले सस्तो दरमा कर्जा दिन थालेका छन् ।
तरलता अभाव भएपछि गत वर्ष बैंकले १३ प्रतिशत ब्याजमा निक्षेप उठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.