सपोट माइक्रोफाइनान्सको आईपीओ असोज १८ गतेदेखि आउने

  २०७४ असोज २ गते १०:०१     विकासन्युज

काठमाडौं । सपोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

संस्थाले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० लाख कित्ता आईपीओ असोज १८ गतेदेखि निष्कासन गर्न लागेको छ । निष्कासन बन्द हुने मिति छिटोमा असोज २३ गते तोकिएको छ ।

कुल निष्कासन मध्ये २ प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात ९ हजार कित्ता आईपीओ सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ ।
सेयर निष्कासनपछि संस्थाको चुक्तापुँजी ६ करोड रुपैयाँ पुग्ने छ । १० जिल्ला कार्यक्षेत्र तोकिएको संस्थाको कार्यलय सुनसरीको इँटहरीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.