एनआईसी एशियाको २१ प्रतिशत लाभांश पास, सञ्चालक समिति सर्वसहमतिमा निर्वाचित

  २०७४ भदौ ३० गते १७:२९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा शुक्रबार राजधानीमा सम्पन्न भएको छ । सो सभाले चुक्ता पूँजीको २० प्रतिशतका दरले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत अर्थात् रु. ७ करोड ४ लाख ४८हजार ३ सय ९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

सभाले बैंकको प्रबन्धपत्र र नियमावलीलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार हुने गरी संशोधन गर्ने, बैंकको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

साथै, बैंकको साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा जगदीश प्रशाद अग्रवाल, तुलसीराम अग्रवाल, रामचन्द्र संघाईलाई निर्वाचित गरेको छ । त्यस्तै, सर्बसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा राजेन्द्रप्रसाद अर्याल, विनोद कुमार प्याकुरेल, आदित्यकुमार अग्रवाल सर्वसम्मतिमा सञ्चालक पदमा निर्वाचित भएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी रोशनकुमार न्यौपानेले जानकारी दिएका छन् । यसअघि बैंकको ३२० औं सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा गणेशमान श्रेष्ठलाई नियुक्त गरेको थियो ।

साथै, साधारण सभापश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको बैैठकले सञ्चालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाललाई सर्बसम्मतिले चयन गरेको छ ।

बैंकले हाल करिब ५ लाख ७० हजार भन्दा बढी निक्षेप ग्राहक, २८ हजार भन्दा बढीकर्जा ग्राहक र ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकलाई १२५ वटा शाखा तथा विस्तारित काउन्टर मार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.