बुद्ध एयरबाट पोखरा–भरतपुर–भैरहवा हवाई उडान

  २०७४ भदौ ३० गते १५:०५     विकासन्युज

पोखरा । बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ ।

उक्त कंपनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए ।

त्यस्तै ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । उन्नाइस सिट क्षमताको सो बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने म्यानेजर बरालले बताए ।

पोखराबाट भरतपुर एकतर्फी नेपालीका लागि भाडा ३ हजार ६ सय रुपैयाँ र विदेशीका लागि ९२ डलर कायम गरिएको छ । त्यस्तै पोखराबाट भैरहवाका लागि नेपालीलाई रु चार हजार २ सय र विदेशीका लागि ९७ डलर कायम गरिएको छ ।

यी उडान आजदेखि नियमित हुने बरालले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.