आइतबार ५ अर्बको विकास ऋणपत्र आउदै

  २०७४ भदौ २९ गते १६:४६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ५ अर्ब रुपैयाँको ऋणपत्र बोलकबोलबाट बिक्री गर्ने भएको छ ।

बैंकले सरकारका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । आगामी १० वर्षका लागि निष्कासन गर्न लागेको ऋणपत्रको सावाँ ०८४ असोज २ गते फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रत्येक ६ महिनामा ऋणपत्रको ब्याज भुत्तानी हुने छ । ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउने छन् ।

सरकारले चालु आर्थिक वर्षमा कुल १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउदै छ । यसमध्ये विकास ऋणपत्र उपकरणबाट ७२ अर्ब रुपैयाँ उठाउने लक्ष्य लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.