टाटाले ल्यायो ‘शक्तिशाली’ पिक अप गाडी ‘योद्धा’, ६ महिनापछि नयाँ भेरियन्ट थपिने

  २०७४ भदौ २९ गते १४:४७     विकासन्युज

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालीले टाटा मोटर्सको योद्धा नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार यसको पिकअप क्षमता १२ सय ५० केजीसम्मको छ । जुन पिकअप गाडीमा सबैभन्दा बढी क्षमता हो ।

उद्घाटन कार्यक्रममा बोल्दै टाटा मोटर्सका कमर्सियल भेहिकल इन्टरनेशनल विजनेश यूनिटका भाइस प्रेसिडेन्ट रुद्ररुप मैत्रले पिकअप सेग्मेन्टका गाडीको अत्याधिक मागलाई मध्य नजर गर्दै  नेपाली बाटोले खोजेअनुसारको गाडी भित्र्याएको बताए। उनले भने, ‘भारतमा लन्च गरेपछि यसलाई हामीले कहाँ लन्च गर्ने भनेर खुब सोचेका थियौं । यसो बुझ्दा ६५ प्रतिशत यसको बजार हिस्सा रहेकोले नेपालमा नै लन्च गर्ने टुंगोमा पुगियो ।’ नेपालमा कमर्शियल भेहिकल दुई तिहाई भाग ओगटेको उल्लेख गर्दै उनले नेपालमा यसको बजार विस्तार उपयुक्त रहेको बताए ।

‘योद्धा’ नामपछाडिको कारण खुलाउँदै उनले भने, ‘हामीले ‘योद्धा’ नाम कुनै ‘लडाकू’ को रुपमा राखेका होइन । सच्चा मनले चाहने वाला जोकोहीलाई पनि दिल खोलेर सहयोग तथा सहकार्य गर्न तयार रहने पात्रको रुपमा योद्धालाई चरितार्थ गर्न खोजेका छौं । त्यस्तै योद्धा भेहिकलले साच्चै यो गूण अवलम्बन गरेको छ ।’ सिप्रदीले यसलाई नाडा अटो शो मार्फत नेपाली बजारमा सार्वजनिक गरेको थियो । टाटाको पछिल्लो डिआइ मोडलको पिक अपभन्दा योद्धाको पिकअप बढी रहेको कम्पनीको दाबी छ । डिआइ पिकअपको लोड क्षमता जम्मा ११३० केजी मात्र थियो । विभिन्न भेरियन्टमा उपलब्ध यो गाडीमा ८५ एचपिको शक्तिशाली तीन लिटर इञ्जिन तथा २५० एनएमको टर्क रहेको छ ।अबको ६ महिनामा योद्धा प्ल्याटफर्मका नयाँ भेरियन्टका गाडीहरु थप्ने उनले जानकारी दिए ।

यसमा भएको अन्तराष्ट्रिय स्तरमो क्याबिन स्पेसले चालक र यात्रु सबैलाई आरामदायी प्रदान गर्ने कम्पनीको दाबी छ । यसको ग्राउण्ड क्लियरेन्स २६२ एमएम रहेको छ । यसमा तीन वर्ष वा तीन लाख किलोमिटरसम्मको वारेन्टी दिइएको छ ।

‘सात योद्धा सात चुनौती’

सिप्रदीले विहिबारदेखि ‘सात योद्धा सात चुनौती’ नामक मजबूति परिक्षण अभियान सुरु गरेको छ ।

यस अभियान अन्तर्गत फलफूल तथा तरकारी, फर्निचर, ग्यास, पोल्ट्री, माछा, दूध ढुवानीकर्ता क्यास भ्यान र कन्स्ट्रक्सन साइट लगायतका विभिन्न सात क्षेत्रका ग्राहकलाई ६ फरक क्षेत्रमा ५० दिनसम्मको मजबूति परिक्षणका लागि पठाइनेछ । यसले गाडीको ग्राउण्ड क्लियरेन्स र मजबूतीलाई प्रमाणित गर्ने कम्पनीले जानकारी दिएको छ ।

दसैंमा अफर

टाटाले दसैंका लागि गाडी किनौं उपहारै उपहारमा रमाऔं अफर ल्याएको छ । टाटाले बस, एमएचसी ट्रक तथा टिपरको खरिदमा आइफोन सेभेन प्लस, ५० इञ्चको सोनी स्मार्ट एलइडी टिभी, १३ इञ्चको  म्याकबुक एयर, निकोनको नर्मल लेन्स भएको डि५५०० डिजिटल क्यामरा, सामसङको २५५ लिटर फ्रिज र बाली वा फुकेटका लागि चार रात र पाँच दिनको ट्राभल अफर ल्याएको छ । त्यस्तै आइएलसिभी, पिकअप वा प्यानल भ्यानको खरिदमा आइफोन सेभेन, ४८ इञ्चको इन्टरनेट टिभी, डेल ३४८० आइ५ ल्यापटप, निकोनको डिजिटल क्यामरा, सामसङको फ्रिज वा ब्याङकक वा दुबइको लागि टुरको अफर ल्याएको छ ।

त्यस्तै दुईको खरिदमा सुजुकी जिक्सर स्कुटर, सुजुकी लेट्स डिटी राखेको छ । बाली, सिंगापुर र मलेसियाको लागि आठ रात र नौ दिनको टुर अथवा मरिसस टावरमा चार रात पाँच दिनको टुर राखिएको कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.