सुर्या लाइफको १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद सेयर पारित

  २०७४ भदौ २८ गते १०:४०     विकासन्युज

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर पारित भएको छ । बिराटनगरमा मंगलबार सम्पन्न कम्पनीको ९ औं बार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरेको हो ।

कम्पनीका लगानी कर्ताले १० प्रतिशत बोनस सेयर जारी भएपछि कायम हुने चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर पाउनेछन् । कम्पनीले आव २०७२।७३ को नाफाबाट ५ प्रतिशत बोनस सेयर जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.