माछापुच्छ्रे बैंकको ‘माछापुच्छ्रे महोत्सव’, निशुल्क डेबिट कार्ड तथा अन्य सेवामा छुटैछुट

  २०७४ भदौ २७ गते १९:३०     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १८ औं वार्षिकोत्सवको अवसरमा ‘माछापुच्छ्रे महोत्सव’ सुरु गरेको छ ।

यो महोत्सवमा बैंकले ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ । बैंकका अनुसार निःशुल्क डेबिट कार्ड, कर्जा सेवा शुल्कमा छुट, वार्षिक लकर शुल्कमा छुट, माछापुच्छ्रे मोबाइल मनी जारी शुल्कमा छुट र माछापुच्छ्रे क्रेडिट कार्डमा छुट लगायत विभिन्न सरप्राइज गिफ्टहरु पनि प्रदान गरिएको छ । भदौ एक गतेदेखि सुरु भएको यो महोत्सव आसोज मसान्तसम्म चल्ने बैंकले जानकारी दिएको छ ।

१८ औं बर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ अनुभुती गराउने बताएको छ । बैंकले सर्वसाधारणहरुलाई नजिकको शाखामा गई महोत्सवमा सहभागीहुन तथा विशेष सुविधा लिन आव्हान गरेको छ ।

पोखराबाट २०५७ सालमा बैंकीङ कारोबार शुरु गरेको यस बैकले हाल ६२ वटा शाखाकार्यालय, ४ वटा एक्स्टेन्सन काउण्टर, ४ वटाशाखा रहित सेवालगायत ८१ वटा एटिएमबाट देशभरीका ५ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.