एनएमबिमाइक्रोफाइनान्सका शाखा प्रबन्धकलाई वित्तीय साक्षरता सम्बन्धि तालिम

  २०७४ भदौ २७ गते ११:४१     विकासन्युज

काठमाडौं । एनएमबि माइक्रोफाइनान्सले शाखा प्रबन्धकहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको छ । प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले आइतबार वित्तीय साक्षरता तालिमका उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै कोनाजोले वित्तीय साक्षरता कुनै नौलो शब्द नभए पनि यसभित्रका विषयवस्तुहरु गहन रहेको कुरा वताए । उनले वित्तीय साक्षरताका विषयवस्तुहरु वचत, कर्जा, बिमा, विप्रेषण आदि रहेकोले यस बारेमा सवै ब्यक्ति तथा समुदायहरुले जान्नुपर्नेमा जोड दिए ।

वित्तीय साक्षरता सम्बन्धी तालिम सदस्यहरुलाई मात्र नभएर शाखा प्रबन्धक लगायत सबै तहका कर्मचारीहरुलाई अत्यावश्यक रहेको उनले बताए । वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुको गहनाको रुपमा रहेको वित्तीय अनुशासन र सुशासनलाई हर क्षेत्रमा कायम राख्नुपर्ने उनले बताए ।

कार्यक्रममा वित्तीय संस्थाको केन्द्रीय कार्यालयका ८ जना कर्मचारीहरुका साथै २८ जना शाखाप्रबन्धकरुको उपस्थिति रहेको थियो । विभागीय प्रमुख खगेन्द्र तिम्सिनाले गरेका उक्त तालिममा सहभागीहरुलाई विभागीय प्रमुख डम्बर वहादुर श्रेष्ठले स्वागत गरे । उक्त तालिम पश्चात सबै शाखाप्रमुखहरुलाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान दिलाई आफ्नो शाखा अन्तरगतका सदस्यहरुलाई तालिम प्रदान गर्न सक्ने गरी दक्ष वनाइने उद्धेश्य रहेको बैंकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.