युनाइटेड फाइनान्सले १९ प्रतिशत बोनस सेयर दिने, रणनीतिक सााझेदार भित्राउदै

  २०७४ भदौ २७ गते ११:२६     विकासन्युज

काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने भएको छ ।

फाइनान्सको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने छ । फाइनान्सले चुक्तपुँजी ८० करोड रुपैयाँ पु¥याउन बोनस सेयर वितरणको निर्णय गरेको हो ।

यस्तै भारतको कोचीस्थित मुथहुट फाइनान्स लिमिटेडलाई वैदेशिक रणनीतिक साझेदारीको रुपमा भित्राउने भएको छ ।

मुथहुटलाई २० प्रतिशत अर्थात २१ लाख कित्ता सेयर बिक्री गर्ने योजना सार्वजनिक गरेको छ । साझेदारी भित्राउन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.