एप्पलले नयाँ आईफोन ८ मोडेल आज सार्वजनिक गर्दै

  २०७४ भदौ २७ गते ११:०५     विकासन्युज

वासिङ्टन । अमेरिकाको एप्पल इंकले नयाँ उत्पादनको रुपमा आइफोन ८ आज सार्वजनिक गर्ने भएको छ ।
कम्पनीको दशौं वार्षिकोत्सवको अवसरमा एप्पलले आइफोन–८, आइफोन–८ प्लस र आइफोन– एक्स लञ्च गर्न लागेको हो । यसको मूल्य भने तय गरिएको छैन् ।
आईफोन ८ का लागि १० भन्दा बढी ढाँचा तयार पारेको कम्पनीले जनाएको छ । आज सार्वजनिक हुने भनिएको सो आइफोन फ्लेक्जिवल सहित स्क्रिन बङ्ग्याउन मिल्ने छ ।
उच्चस्तरको स्मार्टफोन बजारमा हाल एप्पलसँग सामसङको मात्रै प्रतिस्पर्धा रहँदै आएको छ । भर्खरैमात्र सामसुङको ग्यालेक्सी एस सेभनमा समस्या भएपछि एप्पलको आइफोन ७ ले धेरै फाइदाका साथ स्मार्टफोनको विश्वबजार कब्जा गरिहरेको छ।

नेपाली समयअनुसार राती १० बजेर ४५ मिनेटमा विशेष समारोहका बीच स्टिभ जब्स थिएटरमा एप्पलले आफ्नो नयाँ आईफोन ८ सार्वजनिक गर्नेछ । छिट्टै नेपालमा आउने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.