वोमी माईक्रोफाइनान्सले २१ प्रतिशत बोनस सेयर दिने

  २०७४ भदौ २६ गते १०:५७     विकासन्युज

काठमाडौं । वोमी माइक्रोफाइनान्सले २१ प्रतिशत बोनस सेयर दिने भएको छ । भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले लगानी कर्तालाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१०८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले गत आवको नाफाबाट लगानी कर्तालाई एक करोड २९ लाख ६० हजार रुपैंयाँको बोनस सेयर दिन लागेको हो ।  नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पास गरेपछि लगानी कर्ताले सो मात्रामा बोनस सेयर पाउनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.