लुम्बिनी बिकास बैंकको ५६ औं शाखा कार्यलय चितवनको पर्साढापमा

  २०७४ भदौ २५ गते १८:०७     विकासन्युज

काठमाडौं । लुम्बिनी बिकास बैंकले ५६औं शाखा कार्यालय चितवनको पर्साढापमा विस्तार गरेको छ । बैंकले स–साना निक्षेप परिचालन तथा कृषि एवं साना व्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्देश्यले उक्त शाखालाई सञ्चालनमा ल्याएको हो ।

बैंकले उक्त शाखा कार्यालयबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबीबीएस, मोबाइल बैंकिङ, रेमिटेन्स, लकर्सलगायतका सेवाहरु उपलब्ध गराउँदै आएको र निरन्तर रुपमा आफ्नो सेवालाई आधुनिकीकरण रपरिमार्जन गर्दै लगेको छ ।

यस बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा रही देशका ५ प्रदेशका विभिन्न भागमा कुल ५६ वटा शाखा सञ्जालहरु र १२ वटा एटीएमबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । प्रदेश नं. ६ र ७ मा समेत शाखा सञ्जाल विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.