कुलप्याडको नयाँ स्मार्टफोन ‘कुल वान’ नेपाली बजारमा, ६४ जिबिसम्म स्टोरेज

  २०७४ भदौ २३ गते १८:५०     विकासन्युज

काठमाडौं । जय मा ईन्टरकन्टिनेन्टल प्रालीले नेपाली बजारमा नयाँ कुलप्याड ‘कुलवान प्लस ६४ जिबि’ सार्वजनिक गरेको छ ।

कुलप्याडकुल वानमा १३+१३ एमपी ड्युल रियर क्यामरा रहेको पहिलो फोन रहेको कम्पनीको दाबी छ । फोनमा एफ/२.० एपर्चर र ड्युल टोन एलडिडि फ्लयास सहित १३ मेगापिक्सल जोडी सेन्सर रहेको छ । पहिलो क्यामेरा सेन्सरले कलर सन्तुलन मिलाउँछ भने दोश्रोले डेप्थ, डिटेल र ब्राइटनेसको सन्तुलन मिलाउन सहयोग गर्ने कम्पनीले जानकारी दिएको छ ।

८ मेगापिक्सलको सेल्फि क्यामरा रहेको यो फोनमा एफ/२.० एपर्चर सहित ८० डिग्री वाइड एंगल लेन्सपनि छ । यो फोनमा ६४ बिट अक्टा कोर क्वालकम स्न्यापड्रागन ६५२ एसओसी, ४ जिबि एलपिडीडीआर३ र्याअम र एड्रेनो ५१० जिपियु पनि रहेको कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.