एनसेलको फोरजी सेवा शुल्क घट्यो, इन्टरनेट प्रति एमबि २ पैसा भन्दा कममा

  २०७४ भदौ २२ गते ११:५९     विकासन्युज

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले छिटो चल्ने इन्टरनेट सेवा  सस्ताेमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै  बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् ।

यसकाे करसहित न्युनतम २ पैसा प्रति एमबिसम्ममा डेटा सेवाको मजा लिन सक्ने कम्पनीले जनाएको छ । नयाँ डेटा प्याक कुनै पनि बेला प्रयोग गर्न मिल्ने ‘अल टाइम’ प्याक र राति ११ बजे देखि बिहान ५ बजे सम्मको समयमा प्रयोग गर्न मिल्ने ‘नाइट टाइम’ प्याकमा उपलब्ध छन् । जस अन्तर्गत ग्राहकले अब १ देखि ३० दिन भ्यालिडिटी भएका ३० एमबि देखि १० हजार एमबि सम्मका डेटा प्याकहरु १० रुपैयाँदेखि १५ सयसम्मको प्याक शुल्कमा खरिद गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकताअनुसार कुनै पनि डेटा प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

कुनै पनि डेटा प्याक सुचारु गर्ने ग्राहकले आफुले खरिद गरेको प्याक बराबरकै फोरजी डेटा पाउने यो योजनाको प्रमुख विषेशता हो । उदाहरणका लागि १ सयमा ५ सय एमबि अल टाइम डेटा खरिद गर्दा ग्राहकले थप ५ सय एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यस योजना अन्र्तगतका प्याकहरु ग्राहकले टुजि, थ्रिजी र फोरजी कुनैपनि नेटवर्कमा प्रयोग गर्न सक्छन् भने बोनस स्वरुप प्राप्त थप फोरजी डेटा फोरजी नेटवर्कमा मात्र मान्य हुनेछ ।

अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले १० रुपैयाँमा ३० एमबि डेटा प्राप्त गर्नेछन् र यो प्याक सुचारु गर्ने ग्राहकले ३० एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यसरी ग्राहकले १० रुपैयाँमा ६० एमबि डेटाको मजा लिन सक्नेछन् । त्यस्तै, अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले ३० रुपैयाँमा १ सय एमबि, ५० रुपैयाँमा २ सय एमबि र ७० रुपैयाँमा २ सय ५० एमबि लिन सक्नेछन् र सोहि भोल्युम बराबरको फोरजी डेटाको मजालिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

साथै ठूलो भोल्युमको अल टाइम डेटा प्याक अन्तर्गत, ग्राहकले १ सय रुपैयाँमा ५ सय एमबि, ३ सय रुपैयाँमा १२ सय ५० एमबि, ५सय रुपैयाँमा २५ सय एमबि र १५ सय रुपैयाँमा १० हजार एमबि डेटा प्राप्त गर्नेछन् र यसका साथै खरिद गरिएको भोल्युम बराबरकै फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.