एनसेलले ल्यायो नयाँ डेटा प्याक सुविधा, यस्ता छन् अफरहरु

  २०७४ भदौ २० गते १९:२४     विकासन्युज

काठमाडौं । एनसेलले ग्राहकका लागि नयाँ डेटा प्याक सुविधा ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यसमा कर सहित न्युनतम २ पैसा प्रति एमबि सम्ममा डेटा सेवा लिन सकिनेछ । नयाँ डेटा प्याक कुनै पनि बेलाप्रयोग गर्न मिल्ने ‘अल टाइम’ प्याक र राति ११ बजे देखि बिहान ५ बजे सम्मको समयमाप्रयोग गर्न मिल्ने ‘नाइट टाइम’ प्याकमा उपलब्ध छन् ।

यो योजना बुधबार देखि ९० दिनको लागिलागु हुनेछ र फोरजी बोनस ३० दिनकालागि मान्य हुने कम्पनीले जानकारी दिएको छ ।

अब १ देखि ३० दिन भ्यालिडिटी भएका ३० एमबि देखि १०,००० एमबि सम्मका डेटा प्याकहरु १० रुपैयाँ देखि १५०० रुपैयाँसम्मको प्याक शुल्कमा खरिद गर्न सकिनेछ । आवश्यकताअनुसार कुनै पनि डेटा प्याक सुचारु गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

कुनै पनि डेटा प्याक सुचारु गर्ने ग्राहकले आफुले खरिद गरेको प्याक बराबरकै फोरजी डेटा पाउने यो योजनाको प्रमुख विषेशता रहेको कम्पनीले जानकारी दिएको छ । यस योजना अन्तर्गतका प्याकहरु ग्राहकले टुजि, थ्रिजी र फोरजी कुनैपनि नेटवर्कमा प्रयोग गर्न सक्छन् भने बोनस स्वरुपप्राप्त थप फोरजी डेटा फोरजी नेटवर्कमा मात्र मान्य हुनेछ ।

अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले १० रुपैयाँमा ३० एमबि डेटा प्राप्तगर्नेछन् र यो प्याक सुचारु गर्नुहुने ग्राहकले ३० एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । त्यस्तै अरु अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले ३० रुपैयाँमा १०० एमबि, ५० रुपैयाँमा २०० एमबि र ७० रुपैयाँमा २५० एमबि लिन सक्नेछन् र सोहि भोल्युम बराबरको फोरजी डेटाको प्रयोग गर्न मिल्ने कम्पनीले जानकारी दिएको छ ।

साथै ठूलो भोल्युमको अल टाइम डेटा प्याक अन्तर्गत, ग्राहकले १०० रुपैयाँमा ५०० एमबि, ३०० रुपैयाँमा १२५० एमबि, ५०० रुपैयाँमा २५०० एमबि र १५०० रुपैयाँमा १०००० एमबि डेटा प्राप्तगर्नेछन् र यसका साथै खरिद गरिएको भोल्युम बराबरकै फोरजी डेटा बोनस प्राप्त गर्नेछन् ।

नाइट भोल्युम प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युमको सेवा लिन सक्नेछन् । यसका साथै नाइट प्याक सुचारु गर्ने ग्राहकले सोही डेटा भोल्युम बाहेक त्यति नै भोल्युमको फोरजी डेटा बोनस पाउनेछन् । जस्तै १५०० रुपैयाँमा ४०००० एमबि नाइट प्याक सुचारु गर्ने ग्राहकले थप ४०००० एमबि फोरजी डेटा बोनस प्राप्तगर्नेछन् र न्युनतम २ पैसा प्रतिएमबिमा डेटा सेवा लिन सक्नेछन् । पहिलो पटक जेठ १८ मा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा फोरजी सेवा संचालनमा ल्याएपछि एनसेलले तदारुकताका साथ यो सेवा विस्तार गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.