अनिल ज्ञवालीले ग्लोबल आईएमई बैंक छाडे

  २०७४ भदौ २० गते १४:३९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले बैंक छाडेका छन् ।
२०७२ जेठमा दोस्रो पटक ग्लोबल आईएमईमा गएका ज्ञावली ४ वर्षे कार्यकाल पुरा नहुदै  बैंक छाडेका छन् । उनको कार्यकाल अझै २ वर्ष बाँकी थियो । नबिल बैंक छाडेर उनी ग्लोबल आईएमई  गएका थिए ।
ग्लोबल आइएमईको चुक्तापुँजी ८ अर्ब रुपैयाँ नाघिसकेको छ । गत आर्थिक वर्षमा बैंकले २ अर्ब रुपैयाँ बढी नाफा कमाएको थियो । तत्कालिन नेपाल अरब बैंक हालको नबिलबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.