सिटिजन्स बैंकले १६ प्रतिशत बोसन सेयर दिने, असोज ९ गते साधारण सभा

  २०७४ भदौ २० गते ९:४९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ ।  बैंकको हालै बसेको सञ्चालक समितिको २४४ औ बैठकले गत आर्थिक वर्षमा गरेको नाफा मध्येबाट सेयरधनीलाई १ अर्ब १० करोड ७४ लाख रुपैयाँ बराबरको बोनस सेयर बितरण गर्ने निर्णय गरेको छ ।

बोनस सेयर वितरण प्रस्ताव पारित गर्न बैंकले असोज ९ गते ११ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि बैंकले बोनस सेयर बितरण गर्ने जानकारी दिएको छ । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पु¥याउन सेयरधनीलाई बोनस सेयर दिन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.