बिहीबार ५ अर्ब ऋणपत्र निश्कासन हुदै, २०८९ भदौ २३ गते साँवा फिर्ता

  २०७४ भदौ १९ गते १७:४५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार ५ अर्ब रुपैयाँ विकास ऋणपत्र बोलकबोलबाट निश्कासन गर्ने भएको छ । १५ वर्ष अवधिको विकास ऋणपत्र वि.स २०८९ भदौ २३ गते साँवा फिर्ता हुने छ ।

बोलकबोलबाट बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्र धितो राखी कर्जा लिन÷दिन पाइने छ । प्रत्येक ६ महिनामा ब्याज भुक्तानी गर्ने राष्ट्र बैंकले जनाएको छ ।  चालु आर्थिक वर्षका लागि सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । जसमध्ये विकास ऋणपत्र बिक्रीबाट मात्रै ७२ अर्ब रुपैयाँ उठाइने राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.