भदौ २८ गतेदेखि दशैंका लागि नयाँ नोट पाइने, बढीमा २७ हजारसम्म साटिने

  २०७४ भदौ १८ गते १९:४१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैका लागि भदौ २८ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । बैंकले प्रतिव्यक्ति बढीमा २७ हजार रुपैयाँका दरले नयाँ नोट साट्ने भएको छ ।

राष्ट्र बैंकले यस वर्ष बैकिङ्ग कार्यलय थापाथलीका अतिरित्त राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका गरी १६ शाखाबाट नयाँ नोट वितरण गर्ने निर्णाय भएकाे नोट व्यवस्थापन विभागले  जानकारी दिएको छ ।

राष्ट्र बैंककाे सटही काउन्टरबाट ५, १०, २० ५० र १० का नयाँ नाेट बढीमा २७ हजार  र वाणिज्य बैंक, कृषि विकास र नेपाल बैंकबाट बढीमा २० हजार रूपैयाँसम्म नयाँ नाेट सटही हुने छ ।

सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोथिमी, विशाल बजार र नक्साल, नेपाल बैंकको न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर, कृषि विकास बैंकको गौशला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सफा नोट पाइने छ । राष्ट्र बैंकको थापथली काउन्टरबाट नयाँ नोट साट्न पाइने छ । सरकारी निकायलाई नोटको उपलब्धता हेरी भदौ २१ देखि ३० गतेसम्म सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै अन्य बैंक तथा वित्तीय संस्थाले आवश्यकता अनुसार नयाँ नोट पाउने छन् । यस्तै बैंक तथा वित्तीय संस्थाले नयाँ नोट सटही गर्नका लागि थप जनशक्ति र बीमालगायत खर्च हुने भएपछि आफना ग्राहकलाई मात्र सटही सुविधा दिने गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.