एभरेष्ट बैंकको साढे २ लाख कित्ता हकप्रद बिक्री गर्न बोलपत्र आब्हान

  २०७४ भदौ १८ गते ९:०३     विकासन्युज

काठमाडौं ।
एभरेष्ट बैंकले बाँकी रहेको हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ ।  बैंकले बिक्री हुन बाँकी २ लाख ५३ हजार ७९७ कित्ता हकप्रद बिक्रीका लागि आइतबार बोलपत्र आब्हान गरेको छ । बैंकले आउदो असोज १ गते बोलपत्र पेश गर्ने अन्तिम मिति तोकेको छ ।

बैंकले चुक्तापुँजी बढाउन गत असार १८ गतेदेखि साउन २२ गतेसम्म हकप्रद निश्कासन गरेको थियो । त्यसबेला बिक्री नभएपछि बैंकले लिलामी प्रक्रियाबाट हकप्रद बिक्री गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.