नाडाको रक्तदान कार्यक्रम सम्पन्न

  २०७४ भदौ १७ गते १६:१३     विकासन्युज

काठमाडौं  । नाडा अटोमोबाइल डिलर्स एशोसिएशनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नाडाको इतिहासमा नै पहिलो पटक आयोजना गरिएको रक्तदान कार्यक्रममा अटो ब्यबशायी लगायत सर्वसाधारण सहभागी भएका थिए ।
राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो सो को अबसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रम आउने बर्षहरुमा पनि  राख्ने रक्तदान कार्यक्रमका संयोजक तथा नाडा सदस्य प्रकाश कपुरीले जानकारी दिए ।
नाडाका महासचिब कृष्णप्रसाद दुलालले उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटीमा  भइरहेको रगत अभाबलाई ध्यान दिदै ब्लड डोनेशन कार्यक्रमको आयोजना गरिएको बताए । १३९ पटक रगत दान गरेर सबै भन्दा धेरै पटक ब्लड डोनेट गर्ने महिलाको किर्तीमान कायम गर्ने नीता घिरैयाले पनि रगत दान गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.