सिप्रदीद्धारा नाडा अटो शोमा म्याक फोरटी रोयल सार्वजनिक

  २०७४ भदौ १५ गते १८:१६     विकासन्युज

काठमाडौं । म्याक लुब्रिकेन्टको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले नाडा अटो शो मा म्याक फोरटी रोयल सार्वजनिक गरेको छ । उक्त उत्पादनलाई भारत पेट्रोलियम कर्पोरेशनका कार्यकारी निर्देशक एमएम सोमाया र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले एक कार्यक्रमबीच संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

कम्पनीका अनुसार म्याक फोरटी रोयल उच्च पावर भएका ४ स्ट्रोक बाइकहरुलाई लक्षित गरि उत्पादन गरिएको सेमी सिन्थेटिक आयल हो । साथै कम्पनीले विशेषतः रोयल इनफिल्ड बाइक प्रयोगकर्ताहरुलाई सो उत्पादन प्रयोग गर्न आग्रह समेत गरेको छ ।

यसले उच्च पावर र टर्क प्रदान गर्ने भएकोले बाइक उच्च तापक्रममा पनि अत्यधिक गतिमा कुद्न सक्छ । यसका साथै यसको छिटो पिकअपले रोमाञ्चक ड्राइभिङ्ग अनुभव प्रदान गर्दछ । यसले अक्सिडेसन स्थिरतालाई बढाउँछ जसले गर्दा इन्जिन र आयलको आयु स्वतः बढ्छ र यसको इन्जिनको पाटपुर्जाहरुलाई समेत सुरक्षित राख्दछ ।

लुब्रिकेन्टको उत्पादनहरुलाई निरन्तर रुपमा विस्तार गरि म्याकलाई ग्राहकहरुको पहिलो रोजाईको रुपमा स्थापित गराउने क्रममा म्याक फोरटी रोयललाई भारत पेट्रोलियम कर्पोरेशन लि. ले भारतमा उद्घाटन गरिसकेको छ । उक्त कम्पनीले लुब्रिकेन्ट वर्गमा गुणस्तरीय उत्पादनहरु जस्तै अटामोटिभ इीन्जन, गियर आयल, ट्रान्समिसन आयल, स्पेसियालिटी आयल र ग्रिज जस्ता उत्पादनहरु बिक्री वितरण गर्दै आइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.