चाडपर्व नजिकिदै गर्दा कतार एयरवेजले सेप्टेम्बरदेखि काठमाडौंमा उडान थप गर्दै

  २०७४ भदौ १५ गते १५:०४     विकासन्युज

कतार । कतार एयरवेजले सेप्टेम्बर १ देखि आफ्नो दोहा–काठमाडौंको उडान संख्या थप गर्ने भएको छ । सेप्टेम्बर तथा ओक्टोबर महिनामा पर्ने चाडपर्वका कारण बढ्ने उडान संख्या मागलाई सम्बोधन गरी यात्रुलाई सहजताको अनुभव दिन यसो गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।

थप हुने उडान संख्याका लागि कम्पनीले एयरबस ए३२०को ब्यवस्था गरेकोे छ । सेप्टेम्बर १ देखि दोहाबाट १ः२५मा छुटेर सो विमान काठमाडौंमा ८ः५५मा अवतरण गर्ने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

थप गरिएको उडानले चाडपर्वका लागि नेपाल भ्रमणका लागि निस्कने यात्रुलाई सेवा प्रदान गर्ने कम्पनीको उद्देश्य हो । चाडपर्वका लागि नेपाल फर्कन चाहने नेपाली तथा अन्य यात्रु मार्फत बर्षेनी बढ्दो संख्यामा माग हुँदै आइरहेको हुनाले सो सेवा दिन लागेको कम्पनीले जनाएको छ ।

कतार एयरवेज ग्रुप चिफ एक्जेक्यूटिव महामहिम अकबर अल बाकर भन्छन् “मागको समाधान स्वरुप उडान संख्या थप गरी यात्रुलाई सेवा प्रदान गर्न पाउँदा हामी निकै हर्षित छौँ । साथै, थप गरिएको उडानले हाम्रा यात्रुलाई नेपाल भ्रमण तथा अनुभवका लागि थप अवसर प्रदान गर्ने हामीले विश्वास लिएका छौँ ।’

सेप्टेम्बर १ देखि थप गरिने उडानका साथमा कतार एयरवेजले दोहा र काठमाडौंको दैनिक चार उडान भर्ने कम्पनीले जानकारी दिएको छ । यसले यात्रुलाई आफ्नो आवश्यकता अनुसार उडान तालिका छनोटको अवसर समेत प्राप्त हुने कम्पनीको विश्वास छ । थप उडान सेवा प्रदान गर्न सञ्चालनमा ल्याइने एयरबस ए३२०मा १२ विजनेश क्लास सिट र १ सय ३२ ओटा ईकोनोमी क्लासका सिटहरु रहेका छन् ।

कतार एयरवेजले भरखरै श्रीलंका र बांग्लादेशमा रहेको बढ्दो मागको सम्बोधनका लागि कोलम्बो र ढाकाका लागि समेत उडान संख्या थप गरेको थियो ।

थप गरिएका उडान तालिका ः

क्यूआर ६४८ दोहा (डीओएच)बाट काठमाडौं (केटीएम) छुट्ने ०१ः२५ अवतरण ः ०८ः२५
क्यूआर६४९ काठमाडौं (केटीएम)बाट दोहा (डीओएच) छुट्ने ०९ः५५ अवतरण ः १२ः१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.