बालाजू अटोवक्सले प्राविधिकहरुका लागि प्रशिक्षण तालिम िदयाे

  २०७४ भदौ १५ गते १४:०२     विकासन्युज

काठमाडौं । नेपालको लागि महिन्द्रा ट्राक्टरको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बलाजू अटो वर्कस्ले आफ्नो डिलहरुमा रहेका प्राविधिकहरुका लागि प्रशिक्षण कार्यक्रमक सम्पन्न गरेको छ । कार्यक्रममा बलाजू अटो वर्कस् तालिम केन्द्र विरगन्जमा भएको जानकारी दिएको छ ।

कार्यक्रमको मुख्य लक्ष्य उत्कृष्ट सर्भिस् तथा महिन्द्रा जेन्यून स्पेयर पार्टस् र लुब्रिकेन्टको सहि उपयोग सम्बन्धी सीप विकास गराई उनीहरुलाई सक्षम बनाउनु रहेको कम्पनीले बताएको छ । सो तालिम मार्फत् प्राविधिकले ग्राहकहरुको आवश्यकतालाई अझ बढी उचित ढंगले समाधान दिन सक्ने बताइएको छ ।

उक्त दुई दिने कार्यक्रममा प्रतिनिधिहरुलाई शैदान्तिक तथा व्यवहारीक दुबै प्रकारको तालिम दिइएको थियो । उक्त तालिमको विशेष आकर्षण महिन्द्रा ट्राक्टर नोभो र युभोको रहेको थियो ।

कार्यक्रममा नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री मेनेजर तपस पटनायक तथा बालाजू अटो वक्र्सका सिनियर इन्जिनियर दीपक आचार्यबाट प्रशिक्षण दिइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.