समिट माइक्रोफाइनान्सको हकप्रद भदौ २९ गतेदेखि बिक्री खुला

  २०७४ भदौ १५ गते ९:२५     विकासन्युज

काठमाडौं । पुँजी बढाउन समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।

वित्तीय संस्थाले भदौ २९ गतेदेखि शत् प्रतिशत हकप्रद सेयर निश्कासन गर्न लागेको हो । कात्तिक १ गते सेयर निश्कासन बन्द हुने छ । संस्थाले ७ करोड २५ लाख रुपैयाँ बराबरको ७ लाख २५ हजार कित्ता हकप्रद सेयर निश्कासन गर्ने छ ।

हकप्रद निश्कासनपछि संस्थाको चुक्तापुँजी साढे १४ करोड रुपैयाँ पुग्ने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.