सिजीले ल्यायो दशै तिहार योजना, फ्रीज र टिभी खरिदमा २० प्रतिशत नगद फिर्ता

  २०७४ भदौ १४ गते १८:४२     विकासन्युज

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ईलेक्ट्रोनिक्स ब्राण्ड सिजीले ‘सिजी परम्परा’ नामक योजना ल्याएको छ । सिजीले नेपालीहरुको महान चाड दशैं तथा तिहारको शुभअवसरमा आफ्ना ग्राहकहरु माझ यस योजना ल्याएको हो ।

यस योजना अन्तरर्गत सिजी ब्राण्डका रेफ्रिजेरेटर(फ्रीज) र एलइडी टिभी (२०–३२ इन्च)कोे खरिदमा २० प्रतिशतसम्म महा क्यास ब्याक पाउनेछन् । साथै, ४ केस्मार्ट टिभी, स्मार्ट टिभी, टुरबो टिभी, वासिङ मेसिन, माइक्रोवेभ ओभनको खरिदमा पक्का उपहारहरु पाउन सक्ने कम्पनीले जनाएको छ । साथै, एसीको खरिदमा निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ ।

कम्पनीको अनुसार यो योजना भदौ १५ गतेदेखि नेपालभर सीमित अवधिका लागि मात्र लागू गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.