नाडा अटो शो: चार कम्पनीका प्रतिस्पर्धी कार, यस्ता छन् मूल्य र फिचर्स

  २०७४ भदौ १४ गते १८:०७     विकासन्युज

काठमाडौं । नाडा अटो शोमा विभिन्न कम्पनीले विभिन्न नयाँ मोडल तथा विशेष फिचर्सका गाडीहरु प्रदर्शनीमा राखेका छन् । मूख्य रुपमा मेलामा चार पाङ्ग्रे गाडीहरु आकर्षणका केन्द्रमा छन् ।

मेलामा हुन्डाईको ग्राण्ड आइ १० म्याग्ना, सुजुकीको स्विफ्ट भिएक्सआइ र इग्निस डेल्टा, भोक्सवागेनको पोलो कम्फर्ट र निस्सानको माइक्रो एक्टिभ एक्स भी कारहरु विशेषरुपमा प्रतिस्प्रर्धीका रुपमा देखा परेका छन् ।

हुण्डाई ग्राण्ड आइ १० म्याग्ना

हुण्डाईको ग्राण्ड आइ १० म्याग्नाको मूल्य २६ लाख ९६ हजार रुपैयाँ रहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले यसलाई गत मार्चमा लन्च गरेको थियो ।

यसमा डिओएचसी ईञ्जिन प्रयोग गरिएको छ ।११९७ सिसि डिस्प्लेसमेन्ट क्षमताको यो कारको बुट स्पेस २२५ लिटरको छ । यसले चार हजार आरपिएममा ११६ एनएम क्षमताको अधिकतम टर्क प्रदान गर्छ भने ६००० आरपिएममा ८३ पिएसको पावर प्रदान गर्छ । यसको ह्विलबेस २४२५ एमएम रहेको छ । यसमा पार्किङ सेन्सर जडान गरिएको छ ।

सुजुकी स्विफ्ट भिएक्सआइ र  इग्निस डेल्टा
सुजुकीको स्विफ्ट भिएक्सआइमा मल्टिप्रोजेक्सन इञ्जिन प्रयोग भएको छ । यसको मूल्य २८ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

११९७ सिसि डिस्प्लेसमेन्ट क्षमताको यो कारको बुट स्पेस २०५ लिटरको छ । यसले चार हजार आरपिएममा ११५ एनएम क्षमताको अधिकतम टर्क प्रदान गर्छ भने ६००० आरपिएममा ८३ पिएसको पावर प्रदान गर्छ । यसको ह्विलबेस २४३० एमएम रहेको छ ।  यसमा स्मार्ट मिटर पनि जडान गरिएको छ ।

सुजुकी इग्निस डेल्टाको मूल्य २८ लाख ८९ हजार रुपैयाँ रहेको छ । यसको डिस्प्लेसमेन्ट ११९७ सिसि क्षमताको रहेको कम्पनीले जानकारी दिएको छ ।

कारमा रहेको २ सय ६५ लिटरको ठूलो बुट स्पेशका कारण यसमाभारी तथा ठूला लगेज समेत सजिलै अटाउन सकिन्छ । कारमै जडान गरिएको ट्याब्लेट, त्यसको लुक, फिल र पोजिसनिङले ईग्निसको स्टाइल निकै आकर्षक बनाइ दिएको छ ।

कारमा पेट्रोल जडित प्रमाणित भीभीटी ईञ्जिनले ४ हजार २ सय आरपीएम र ६ हजार आरपीएममा १ सय १३ एनएम टर्क र ८३ पिएसको शक्ति उत्सर्जन गर्ने क्षमता रहेको कम्पनीले जानकारी दिएको छ । यसको ह्विलबेस २४३५ एमएमको छ ।

भोक्सवागेन पोलो कम्फर्ट

भोक्सवागेन पोलो कम्फर्टमा एमपिआइ इञ्जिन जडान गरिएको छ । यसको मूल्य मूल्य ३० लाख ९५ हजार रुपैयाँ रहेको छ ।

कारमा एमपिआइ ईञ्जिनले ३ हजार ७ सय ५० आरपीएम र ५ हजार चार सय आरपीएममा १ सय १० एनएम टर्क र ७५ पिएसको शक्ति उत्सर्जन गर्ने क्षमता रहेको कम्पनीले जानकारी दिएको छ । यसको ह्विलबेस २४६९ एमएम छ भने यसको बुट स्पेस क्षमता २८० लिटरको छ जसमा भारी लगेज पनि अटाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

निस्सानको माइक्रा एक्टिभ एक्स भी

निस्सानको माइक्रा एक्टिभ एक्स भीमा डिओएचसी इञ्जिन प्रयोग भएको छ । यसको मूल्य २६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

११९७ सिसि डिस्प्लेसमेन्ट क्षमताको यो कारको बुट स्पेस २५१ लिटरको छ । यसले चार हजार आरपिएममा १०४ एनएम क्षमताको अधिकतम टर्क प्रदान गर्छ भने ५००० आरपिएममा ६८ पिएसको पावर प्रदान गर्छ । यसको ह्विलबेस २४५० एमएम रहेको छ ।  यसमा स्मार्ट मिटर पनि जडान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.