हुण्डाईको एक्सेन्ट गाडी अब नेपाली बजारमा, मूल्य ३३ लाख ५६ हजार रुपैयाँ मात्र

  २०७४ भदौ १३ गते १८:२९     विकासन्युज

काठमाडौं । नेपालका लागी हुण्डाई गाडिको एकमात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि.ले भृकुटिमण्डम स्थित नाडा अटो शोबाट एक कार्यक्रमका बिच नयाँ हुण्डाई एक्सेन्ट सेडन कार सार्वजानिक गरेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री विरबहादु्र बलायरद्वारानयाँ हुण्डाई एक्सेन्ट सेडन कार सार्वजनिक गरिएको हो ।

अहिलेको बजारको परिर्वतित चाहाना र ग्राहकको बढ्दो आकांक्षालाई प्राथामिकतामा राख्ने क्रमलाई हुण्डाइ मोटरस्ले निरन्तरता दिदै नयाँ हुण्डाई एक्सेन्टसेडन कार वजारमा ल्याएको छ । नयाँ हुण्डाई एक्सेन्ट स्टाइलिस पारिवारिक सेडन कार हो र यो आधुनिक नेपाली बजारको लागी उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

सो समारोहमा बोल्दै लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि. का सहायक महाप्रवन्धक (सेल्स एण्ड मार्केटिङ) रुपेशशर्मा भट्टले भने -‘अहिलेको नेपाली बजारमा सेडन कार लोकप्रिय बन्दै गइरहेको छ । नेपाली अटोमोवाइल बजारमा हुण्डाई एक्सेन्ट जस्तो स्टाइलिस आरामदाई सेडन कार सार्वजनिक गर्नु हुण्डाईको लागी लाभदायक हुनेछ । ‘


नयाँ एक्सेन्ट गुण्स्तरीय, आरामदायी, शैली र प्रीमियम लुकले भरिपुर्ण छ । यसको बाहिरी बनाबटमा प्रोगेसिभ डिजाइन छ भने भित्र इको जेनिरस फ्ेएरको स्पेस र कम्फर्ट साथै प्रिमियन एण्ड हाईटिच एपिएल रहेको छ । एक्सेन्ट गाडिको अघिल्लो भागमा होरिजेन्टल क्रोम स्ल्याटको साथमा सिगनेचर क्यासकेड डिजाइन ग्रिलिले गाडिलाई अझ आकर्षक बनाएको छ । बम्परमा रहेका एलइडी डिआरएल यसको विशेषता हो ।

नयाँ हुण्डाई एक्सेन्ट दुई भेरिएन्टहरु एक्सेन्ट(एस) र एक्सेन्ट(एसएक्स)मा उप्लब्ध छन् । जसमध्ये एक्सेन्ट(एस)को मुल्य ३० लाख ९६ हजार रुपैयाँ र एक्सेन्ट(एसएक्स)को मुल्य ३३ लाख ५६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.