सुजुकीले ल्यायो ‘डवल मज्जा’ अफर, गाडी खरिदमा ६ लाख रुपैयाँसम्म नगद छुट

  २०७४ भदौ १३ गते १६:२६     विकासन्युज

काठमाडौं । जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले ‘पर्वोत्सव’ योजना अन्तर्गत ‘डवल मज्जा’ अफर ल्याएको छ । भृकुटीमण्डपमा मंगलबारवाट शुरु भएको नाडा अटो शोको अवसरमा कम्पनीले इग्निस र डिजायर गरी दुई नयाँ मोडलका कार सार्वजनिक गर्दै कम्पनीका सम्पूर्ण गाडीहरुमा ‘डवल मज्जा’ अफर उपलब्ध गराएको हो ।

नाडा अटो शो मार्फत कम्पनीले स्टल नम्वर एच वानबाट यो सेवा उपलब्ध गराइरहेको छ । यो योजना सुजुकीका देशभरका शोरुमहरुवाट समेत उपलब्ध हुने छ ।

‘डवल मज्जा’ अफर अन्तर्गत उपभोक्ताले ६ लाख रुपैयाँसम्म नगद छुट, ५० हजार रुपैयाँ सम्म सटही वोनस, १ लाख रुपौयाँसम्म अतिरिक्त स्क्रयाच कुपन, २ बर्षसम्मकालागि निशुल्क इन्स्योरेन्स सुविधा, रोड ट्याक्स र रजिष्ट्रेशन निशुल्क उपलब्ध गराउने रहेका छन् ।

यसवाहेक कम्पनीका २०१६ का सम्पूर्ण मोडलहरुमा बिशेष छुट समेत पाउने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.