नाडा अटो शोको पहिलो दिनमै १० वटा नयाँ गाडी सार्वजनिक, के के छन् फिचर्स ?

  २०७४ भदौ १३ गते १५:३१     विकासन्युज

काठमाडौं । नेपाली बजारमा विभिन्न कम्पनीका नयाँ गाडी भित्रिएका छन्। मंगलबार सुरु भएको नाडा अटो शो २०१७ को पहिलो दिनमै १० वटा नयाँ सवारीसाधन ‘लञ्च’ गरिएको हो ।

शोको पहिलो दिनमा भौतिक पूर्वाधार मन्त्री वीर बहादुर बलायरले गरेका ती दसवटा सवारी साधनको उद्घाटन गरेका हुन् । भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोको अवसर पार्दै धमाधम नयाँ गाडी भित्रिएका हुन्।

१ डाट्सनको रेडी गो १.० लिटर

नाडा अटो शोमा डाट्सनको नयाँ कार रेडी गो १.० लिटर सार्वजिनक भएको छ । यो कारलाई पायोनियर मोटो कर्प प्रालीले नेपाली बजारमा ल्याएको हो । डाट्सनले रेडी गो दुई वटा मोडलमा लञ्च गरेको हो – रेडि गो टि ‘ओ’ र रेडि गो ‘एस’ ।

रेडि गो १.० को सुरुवाती मूल्य १९ लाख ७५ हजार रुपैयाँ रहेको छ भने रेडी गो १.० को मूल्य २० लाख २५ हजार रुपैयाँ रहेको छ । नाडा शो अवधीभर दुवै गाडीमा ७५ हजार रुपैयाँ छुट दिइएको छ ।

०.९९ लिटरको डिसप्लेसमेन्ट रहेको रेडी गो कारमा ह्विलबेस २३४८ एमएम रहेको छ । यसको न्युनतम ग्राउन्ड क्लियरेन्स १८५ एमएम रहेको छ । यो सिल्भर, ग्रे, रुबी, लाइम र ह्वाइट कलरमा उपलब्ध रहेको छ ।

२ रिनाल्ट क्विड

शोमा रिनाल्टको क्विड लञ्च गरिएको छ । एड्भान्स अटोमोबाइल्स प्रालीले यसलाई सार्वजनिक गरेको हो ।

एससिई ईञ्जिनबाट सञ्चालिन यो कारले यात्रुलाई प्रत्येक ड्राइभमा मनोरञ्जन प्रदान गर्ने कम्पनीको दाबी छ । यसको बुट स्पेस ३०० लिटर क्षमताको छ । यसको ग्राउण्ड क्लियरेन्स १८० एमएमको छ ।

३ हुण्डाईको एलिट आइ २० र एक्ससेन्ट एफएल

नाडा अटो शोमा हुण्डाईका दुईवटा नयाँ गाडी लञ्च भएका छन् – एलिड आइ २० र एक्ससेन्ट एफएल ।

हुण्डाईको आधरिकारिक बिक्रेता लक्ष्मी ग्रुपले दुई नयाँ मोडलका गाडी सार्वजनिक गरेका हुन् ।

 एलिट आइ २०

आइ २०को स्पोर्ज भेरियन्टको कारको मूल्य ३३ लाख ५६ हजार रुपैयाँ रहेको छ भने आस्टाको ३५ लाख ५६ हजार रुपैयाँ रहेको छ ।  २८५ लिटर क्षमताको बुट स्पेस भएको एलिट आइ २० मा ४५ लिटरको फ्युल ट्यांक क्षमता छ । यसको औसत तौल १५२० केजी रहेको छ । यसको टर्निङ रेडियस ५.२ मिटर छ भने १७० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ ।

 एक्सेन्ट एफएल

एक्सेन्ट एफएल दुई वटा भेरियन्टमा उपलब्ध छन् – एस र एसएक्स । एस भेरियन्टको कारको मूल्य ३० लाख ९६ हजार रुपैयाँ छ भने एसएक्स भेरियन्टको ३३ लाख ५६ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।

२४२५ एमएम को ह्विलबेस रहेको एक्सेन्टमा १६५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । यसको फ्युल क्षमता ४३ लिटरको छ भने बुट स्पेस ४०७ लिटर रहेको छ । यसको डिस्पेस्मेन्ट ११९७ सिसि रहेको छ ।

४ फोर्डको मुस्ताङ

 

फोर्डको नयाँ उत्पादन मुस्ताङ सार्वजनिक भएको छ । गो अटो मोबाइल्स प्रालीले यसलाई नाडा अटो शोमा सार्वजनिक गरेको हो । हाल यसको बिक्री भने सुरु नगरिएको कम्पनीले जानकारी दिएको छ ।

५ स्कोडाको न्यु सुपर्ब टिडिआइ एटी

एमएडब्लु इन्टरप्राइजेज प्रालीले नेपाली बजारमा स्कोडाको न्यु सुपर्ब टिडिआइ एटी सार्वजनिक गरेको छ । स्टायल एटी मोडलको १९८६ सिसि डिस्प्लेसमेन्टको यो कारको मुल्य १ करोड १६ लाख रुपैयाँ रहेको छ ।

२८४१ एमएमको ह्विलबेस रहेको यो कारको ग्राउण्ड क्लियरेन्स १४९ एमएम रहेको छ । कारको कुल तौल २०६० केजी रहेको छ । यसको बुट स्पेस ६३५ लिटरको छ भने पाँच वटा सिटिङ क्यापासिटि छ ।

६ महिन्द्राको थार

अग्नी इकोरपोरेटेड प्रालीले महिन्द्राको थार लञ्च गरेको छ । महिन्द्रको सिआरडीइ फोरडब्लुडि एसटिडीको मूल्य ३७ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

यसको डिस्प्लेसमेन्ट २४८९ सिसि क्षमताको छ भने फ्युल ट्यांक क्षमता ६० लिटर छ । २४३० एमएमको ह्विलबेस रहेको थारको ग्राउण्ड क्लियरेन्स २०० एमएम रहेको छ । यसमा एयर कन्डिसनरका साथै हिटरको पनि सुविधा छ । यो गाडी रातो रेज, फियरी ब्ल्याक, मिस्ट सिल्भर, डायमण्ड ह्वाइट र रक्की बिजमा उपलब्ध छन् ।

७ नयाँ प्युगोट ५०८

सांग्रिला मोटर्स प्रालीले प्युगोट ५०८ एल्युर ४ डोर सेडान कार सार्वजनिक गरेको छ । यसको मूल्य ९५ लाख रुपैयाँ रहेको छ ।

२४० एनएम टर्क क्षमताको यो कारको डिस्प्लेसमेन्ट १५९८ सिसि रहेको छ । यसको फ्युल ट्यांक क्षमता ७२ लिटर रहेको छ । यसको कुल तौल २०४५ केजी रहेको छ । यो कारको ह्विलबेस २८१७ एमएम रहेको छ ।

८ सुजुकीको इग्निस

बहुप्रतिक्षित कार‘जापानी कम्प्याक्ट एसयूभी’ इग्निस नेपाली बजारमा ल्याएको छ । अरुण इन्टरनेशनल ट्रेडर्सले यो कार मंगलबार नाडा अटो शोको अवसरमा सार्वजनिक गरेको हो । ईग्निस उत्कृष्ट डिजाइन, एण्ड्रोइड अटो र एप्पल कारप्ले रहेको यो कारले स्मार्टफोन अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । कारमा यात्रा गर्ने सबैको सुरक्षालाई विशेष ध्यानमा राखि ईग्निसको निर्माण सुजुकी टोटल इफेक्टिभ कन्ट्रोल प्रविधि (टीइसीटी) प्ल्याटफर्ममा आधारित रहेको छ ।

कारमै जडान गरिएको ट्याब्लेट, त्यसको लुक, फिल र पोजिसनिङले ईग्निसको स्टाइल निकै आकर्षक बनाइदिएको छ । एण्ड्रोइड अटो, एप्पल कारप्ले र मिरर लिंक सहितको ईन्फोटेनमेण्टको सुविधा कारमै उपलब्धगरिएको छ । यसरी उपलब्धगरिएका सुविधाले नयाँ पुस्ताको यूवालाई आवश्यकताअनुसार स्मार्टफोनको प्रयोग कारमै गर्न सघाव पुर्‍याउँछ ।

कारमा रहेको २ सय ६५ लिटरको ठूलो बुट स्पेशका कारण यसमाभारी तथा ठूला लगेज समेत सजिलै अटाउन सकिन्छ । साथै अतिरिक्त स्थानको आवश्यकता परेका बेला ६०:४० रियर स्प्लिट सम्म बुटस्पेस बढाउन सकिन्छ । कारमा रहेको हाई आई प्वाइन्टका कारण सहर, हाइवे लगायत स्थानमा समेत आवश्यकता अनुसार कार चलाउन र नियन्त्रण गर्ने सहजता प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले ईग्निसलाई दुई भिन्न ईञ्जिनअप्सनका साथमा उपलब्ध गराएको छ । कारमा पेट्रोल जडित प्रमाणित भीभीटी ईञ्जिन (१.२ लिटर)ले ६ हजार आरपीएम र ४ हजार २ सय आरपीएममा १ सय १३ एनएम टर्क र ६१ किलोवाटको शक्ति उत्सर्जन गर्ने क्षमता रहेको कम्पनीले जानकारी दिएको छ ।

९ सुजुकीको एक्सेस स्कुटर


भीजी अटोमोबाइल प्रालीले सुजुकीको नयाँ स्कुटर एक्सेस डिस्क सार्वजनिक गरेको छ । १२५ सिसि डिसप्लेसमेन्ट रहेको यो स्कुटरको मूल्य करिब दुई लाख रुपैयाँ रहेको छ ।

१० सानयाङको फिडल थर्ड

श्रेष्ठ कम्पनी प्रालीले सानयाङको नयाँ स्कुटर फिडल थर्ड सार्वजनिक गरेको छ । नाडा अटो शोमा लञ्च भएको यो स्कुटरको मूल्य दुई लाख ७५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले अटो शोदेखि दसैंसम्मका लागि यो स्कुटरमा दस हजार रुपैयाँको छुट दिएको छ । १२५ सिसिको डिस्प्लेस्मेन्ट रहेको यो स्कुटरमा ६.५ लिटरको फ्युल क्षमता छ । १३२० एमएमको ह्विलबेस रहेको यो स्कुटरको अधिकतम टर्क क्षमता १० एनएम रहेको कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.