सिभिल बैंकले बेस रेटमा नै अटो लोन सुविधा दिने

  २०७४ भदौ १३ गते १४:१०     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले नाडा अटो शोमा सहभागी हुने सबै ग्राहकहरुलाई पूर्व स्वीकृत अटो लोन सुविधा प्रदान गर्ने भएको छ । साथै, बैंकले आफ्नो बेस रेटमा शुन्य प्रतिशत प्रिमियम जोडी बेस रेटमानै सो अटो लोन सुविधा प्रदान गर्न लागेको हो ।

अब ग्राहकहरुले आफ्नो छनौटको गाडी चढ्डा ऋण पाउने हो की होईन भन्ने अन्यौलताबाट मुक्ति पाउन यो योजना प्रदान गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए । साथै, यो योजना सीमित अवधिको लागि प्रदान गरिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.