टिभिएसको एक्स्चेञ्ज मेला भदौ १३ गतेसम्म

  २०७४ भदौ १३ गते १३:२७     विकासन्युज

काठमाडौं । टिभिएसको एक्स्चेञ्ज मेला भदौ १० गतेदेखि १३ गतेसम्म आयोजना हुँदैछ । जावलाखेल ग्राउण्डमा ‘गुडे पनि नगुडे पनि २५,००० पाइन्छ नि’ नामक उक्त मेलामा उत्कृष्ट ग्राहक योजना प्रस्तुत हुँदै छ ।

यस मेला अवधिभर सवारीधनीहरुले आफुसँगै भएको कुनै २ पाङ्ग्रे सवारीसाधन उत्कृष्ट मुल्यमा एक्सचेन्ज गर्न पाउने छन् । साथै, मेलामा टिभिएसको बजारमा उपलब्ध कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

सवारीधनीसँग भएको कुनै पनि २ पाङ्ग्रे सवारी साधनलाई कम्तीमा २५ हजार मुल्य प्रदान गर्नु नै यो मेलाको सबैभन्दा आकर्षक पक्ष रहेको छ ।

ग्राहकहरुको थप सुविधालाई ध्यानमा राखी कम्पनिले जावलाखेल लगायत भक्तपुर, चौतारा, ग्वार्को, खुशिवुर बनेपामा पनि सोहि मेला आयोजना गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.